१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

सम्पर्कबिहीन भएका डल्लाकोटी प्रचण्ड निवासबाट सार्वजनिक, सँगै माछा खाने कहिले ?

२३ चैत, काठमाडौँ । धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी बुधबार बिहान प्रचण्ड निवासबाट सार्वजनिक भएका छन । मंगलबार बिहान १० बजेदेखि सम्पर्कबिहीन भएका डल्लाकोटी बुधबार बिहान प्रचण्ड निवासमा पुगेर सार्वजनिक भएका हुन । प्रचण्डको सचिवालयले डल्लाकोटी प्रचण्ड निवासमा पुगेको तस्वीर सार्वजनिक गरेको छ ।

उनले एमाले प्रवेश गरेको २४ घण्टापछि मंगलबार माओवादीमै फर्किएको भन्दै विज्ञप्ति जारी गरेका थिए । प्रचण्डसँग डल्लाकोटीले परिबन्दमा परेर एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेको र आफूबाट गलती भएको बताएका छन । एमाले प्रवेशका लागि बालकोट पुगेका बेला डल्लाकोटीसँग प्रचण्डले मलेखुमा बसेर सँगै माछा खाने भन्दै मओवादी नछाड्न अनुरोध गरेका थिए ।

बुधबार बिहानको भेटमा प्रचण्डले चाँडै मलेखुमा भेट हुने बताएका छन ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार १०:५९