१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको महाधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्दै

२३ चैत, काठमाडाैँ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशन आजदेखि काठमाडौंमा सुुरु हुँदैछ । कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान साढे ११ बजे गर्ने कार्यक्रम रहेको उपाध्यक्ष सिएन पाण्डेले जानकारी दिए ।

महाधिवेशनमा देशभरबाट उद्योग व्यवसयमा संलग्न एमाले निकटका व्यवसायीहरूले सहभागिता जनाउने छन् । महाधिवेशन बिहीबारसम्म चल्नेछ । महासंघ एमालेको २२ औँ जनवर्गीय संगठनको रूपमा सक्रिय छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार १०:४७