१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कंगोमा बिद्रोहीको आक्रमणमा परेका नेपाली सैनिक अनिल गुरूङको मृत्यु

२३ चैत, काठमाडौँ । अफ्रिकी मुलुक डिआरसी कंगोमा शान्ति सैनिकका रूपमा खटिएकाको क्रममा बिद्रोहीको आक्रमणमा परेका नेपाली सैनिक अनिल गुरूङको मृत्यु भएको छ । नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार मंगलबार विद्रोहीको आक्रमणमा परी घाइते भएका सुर्खेत गुर्भाकोट(१४ का सिपाही अनिल गुरूङको उपचारका क्रममा मृत्यु भएको हो ।

नेपाली शान्ति सैनिकहरूले अपरेशन ‘बाली’ सञ्चालन गरिरहेको बेलामा गुरूङ आक्रमणमा परेका थिए । त्यसपछि विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको फायरबाट त्यहाँ कार्यरत एक सैनिक घाइते भएका थिए। घाइते सैनिकको हेलिकप्टरमार्फत् उद्धार गरी बुनियाँस्थिल लेबल २ अस्पतालमा पुर्‍याइएको थियो।

संयुक्त राष्ट्रसंघका महासचिवका सहायक प्रवक्ताले विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली सैनिकप्रति श्रद्धान्जली र परिवारप्रति समवेदना प्रकट गरेका छन्।  मंगलबार प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा ुकर्डन एन्ड सर्चुको कारबाही सञ्चालन गरी विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमीन होल्ड गरेको निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार १०:२४