१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

भरतपुरमा प्रचण्डले शिलान्यस गरेको आयोजना सबै अलपत्र, चुनावी स्टन्ट जनताले बुझेका छनः एमाले

२३ चैत, चितवन । नेकपा (एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले चुनावको मुखमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी स्टन्ट देखाउने काम मात्रै गरेको भन्दै यसलाई जनताले राम्रोसँग बुझेको बताए ।

‘निर्वाचनलाई प्रभावित पार्नेगरी महानगरपालिकामार्फत जुन ढंगले प्रयत्न भएको छ । जनतालाई भ्रममा पार्ने प्रयत्न भएको छ,’ उनले भने, ‘पाँच वर्षमा महानगरमा के काम भयो ? सबै बजेट आफू मातहत राखेर आफ्ना आसेपासेलाई मात्रै बाँड्ने काम भयो । फोहोर व्यवस्थापनको समस्या ज्युकात्यु छन् । प्रचण्ड आफैँले शिलान्यस गरेको आयोजना अलपत्र परेका छन् ।’

भरतपुरमा देशकै नमुना काम भएको बताउने प्रचण्ड मतदातालाई प्रभावित पार्न विकास निर्माणका कामलाई नै अस्त्र बनाउने सोँचमा देखिएको प्रतिपक्षी दल एमालेको आरोप छ । माओवादी केन्द्रले मेयरमा पुनः दावी गर्नुको कारण पनि विकास नै रहेको छ । यद्यपी भरतपुरमा सडक कालोपत्रेबाहेक अन्य पूर्वाधार निर्माणमा ढिलासुस्ती हुँदै आएको छ ।

निर्वाचन आचारसंहिता लागू भएपछि योजनाको शिलान्यास तथा उद्घाटन गर्न नपाइने भएकाले पनि प्रचण्डले अहिले नै धमाधम शिलान्यास र उद्घाटन गर्दै हिँडेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार १०:१०