१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

चुनावको मुखमा प्रचण्डले लालपूर्जा बाँड्नु र शिलान्यास गर्नु गलत होः सभापति खनाल

२३ चैत, चितवन । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले स्थानीय चुनावको मुखमा नेकपा माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डले लालपूर्जा बाँड्नु, शिलान्यास र उद्घाटन गर्नु गलत भएको बताएका छन । उनले चुनावकाे मुखमा शिलान्यास र उद्घाटन नगर्नु नै ठिक हुने बताए ।

उनले भने ‘गठबन्धनका नेताको के धेरै विरोध गर्नु । उहाँ आफैले बुझ्नुपर्ने कुरा हो,’ उनी भन्छन्, ‘निर्वाचन आइसकेको छ । त्यस्तो नगर्दा राम्रो हुने थियो ।’ चितवन आउँदै गर्दा माओवादी केन्द्रको अध्यक्ष मात्र नभएर गठबन्धनका नेताका रुपमा आएको जसरी आफ्ना विचार र अभिव्यक्ति राख्न उनले प्रचण्डलाई आग्रह गरे ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार ०९:५३