१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

इलाम नगरपालिका वडा नं-५ मा पाँचै जना एमालेको उम्मेदवार सर्वसम्मत चयन

२२ चैत, इलाम । नेकपा एमालेले गठबन्धन विरुद्ध एकतावद्ध हुनका लागि सर्वसम्मत रुपमा उम्मेद्वार छनौट गर्न सुरु गरेको छ । आज इलाम नगरपालिका वडा नं-५ ले वडा अध्यक्ष, दुई खुला सदस्य,एक महिला र एकजना दलित महिला सदस्य सर्वसम्मत रुपमा सिफारिस गरिएको एमाले इलाम नगरपालिकाले जनाएको छ ।

आज सर्वसम्मत रुपमा सिफारिस भएका उम्मेद्वारहरूमा वडाध्यक्षमा गृष्म सुब्बा, सदस्यमा क।जीतबहादुर श्रेष्ठ जीबी र गायत्री बजगाई खुला सदस्य सिफारिस भएका छन् । यसैगरी बिष्णु तुम्बापो महिला सदस्य र बलिमाया घतानीलाई दलित महिला सदस्यमा सर्वसम्मत सिफारिस गरिएको जनाइएको छ ।

सूर्योदय हुने जिल्ला इलामले देशैभरीका लागि शुभ संकेत दिएको स्थायी कमिटी सदस्य एवं प्रदेश नं १ का सहइन्चार्ज हिक्मत कार्कीले बताए । इलामको वडा नं ५ ले जस्तै देशैभरी आवश्यक मात्रामा सर्वसम्मत रुपमा उम्मेद्वार छनौट गर्ने हो भने महगठबन्धन भए पनि एमालेको विजयलाई कसैलाई रोक्न नसक्ने कार्कीको भनाइ छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलवार २२:०४