१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार सिफारिस हुन एक लाख रूपैयाँ मागियो

२२ चैत, काठमाडौँ । नेपाली कांग्रेसको तर्फबाट धुलिखेल नगरपालिकाको मेयरमा सिफारिस हुन चाहनेले एक लाख रूपैयाँ तिर्नुपर्ने भएको छ । कांग्रेसको धुलिखेल नगर कमिटीले यस्तो निर्णय गरेको प्रेस युनियन काभ्रेका अध्यक्ष कपिल कोइरालाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन ।

उनले केहीबेर अघिमात्र सामाजिक सञ्जालमा छोटो टिप्पणी लेख्दै भनेका छन, ‘कहि नभा जात्रा धुलिखेल काँग्रेसमा भएछ । उम्मेदवार सिफारिस गर्न नि १ लाख रुपैयाँँ । अनि पैसा नहुनेले चै आकाँक्षा नै राख्न नपाइने ??? पैसा सँग ब्यक्ति तुलना नगरियोस । सम्बन्धित निकायको ध्यानाकर्षण होश ।’

कांग्रेसले ठेकेदारहरूको पार्टीको उपमा पाइरहेको समयमा काभ्रेमा उम्मेदवार सिफारिस हुन नै एक लाख रूपैयाँ माग गरिएपछि बेलामौकामा लाग्ने गरेको आरोपले थप बल पाएको छ । कांग्रेसले मंगलबारमात्र परिपत्र गर्दै तत्काल उम्मेदवारको टुंगो नलगाउन पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलवार १६:५८