२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

‘सइ पनि एमाले मै पनि एमाले’ बिर्साउने अर्को चुनावी गीत ‘एमाले जिन्दावाद’ (भिडियोसहित)

२२ चैत, काठमाडाैँ । नेकपा (एमाले) को नयाँ चुनावी गीत: “एमाले जिन्दावाद” युट्युव बाट सार्वजनिक भएको छ । नेकपा एमाले सम्बद्द नुवाकोट जिल्लाको युवा नेता माधव पण्डित, राष्ट्रिय जनसांस्कृतिक महासंघ, नुवाकोटका कलाकारहरु र राष्ट्रिय युवा संघ नेपाल र नेकपा (एमाले) नुवाकोटका नेताहरु को सयुक्त पहलमा उक्त गीत यही चैत्र १८ गते राष्ट्रिय जनसांस्कृतिक महासंघको केन्द्रिय महाधिवेशनमा पूर्व प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विमोचन गरेका थिए ।

हिजो उक्त गीतको गायक दिनेश श्रेष्ठको युट्युव च्यानल: दिनेश श्रेष्ठ अफिसियलबाट सार्वजनिक भए यता उक्त गीतले देशब्यापी चर्चा बटुलेको छ । उक्त गीतको अडियो तथा भिडियोमा एमालेका स्वर्गिय जननेता मदन कुमार भण्डारीले तत्कालिन राजालाई श्रीपेज फुकालेर चुनाव लड्न आउन र नेपाली जनतालाई गणतन्त्र आवश्यक रहेको र जनताको बहुदलिय जनवद (जबज) को सबिस्तार गरिएको छ ।

२०५१ सालमा मनमोहन अधिकारी पहिलो कम्युनिस्ट प्रधानमत्री हुँदा पहिलो चोटि एकल महिला , अपाङ्गता र ब्रिध-ब्रिधालाई ब्रिध भत्ता (सामाजिक शुरक्षा भत्ता) आवश्यक रहेको र जनताको बहुदलिय जनवद (जबज) को सबिस्तार गरिएको र मनमोहन अधिकारीको देश बिकाशको नारा: “आफ्नो गाउँ आँफै बनाउ” ले राष्ट्र निर्माणमा पुर्याएको अतुलनिय भूमिका साथै एमाले अध्यक्ष केपी ओलीको पहिलो कार्यकालमा नाकाबन्दी बिरुद्दको राष्ट्रबाद , र केपी ओलीको दोश्रो कार्यकालमा भएको चिनिया राष्ट्रपती शी जिङ पिङ सँग केपी ओलीले गर्नुभएको पारबाहन सम्झौता (रेलमार्ग, जलमार्ग शुरुङमार्ग को सचित्र बर्णन गरिएको छ ।

साथै लिपुलेक लिम्पियाधुरा र कालापानी मिचिदा को चुच्चे नक्सा प्रकाशित, निर्माणाधिन फास्ट ट्र्याक, नागढुङा-नौबिसे सुरुङमार्ग, टोखा-छहरे सुरुङमार्ग, धरहरा, जनकपुरको रेल, शैक्षिक कर्जा, युवा स्वरोजगार, फलामखानी, तामाखानीको उत्खनन, तुइन बिस्थापन, पोखरा, भैरहवा र काठमाण्डौ बिमानस्थलको आधुनिकीकरण, एकीक्रित बस्ती, रानी-पोखरी पुन-निर्माण, मध्य पहाडी लोकमार्ग, मदन भण्डारी मार्ग र जनताको लगानी मा ठुला राष्ट्रिय स्तरको जलबिद्दुतको बिकासको थालनीमा केपी ओली र एमालेले पुर्याएको एतिहासिक उपलब्धीहरु को सबिस्तार गरिएको र गीत मार्फत अबको स्थानिय र केन्द्रिय चुनावमा एमालेलाई जिताएर अधुरा कामहरु पुरा गर्ने अवसर प्रदान गर्न आग्रह गरिएको छ ।

उक्त गीतको निर्माण, निर्देशन र शब्द: माधव पण्डित, संगित: दिनेश श्रेष्ठ, स्वर: दिनेश श्रेष्ठ, भगवान कार्की, सुमित्रा भट्टराई, बेनिशा पौडेल, अप्सरा बोगटी, श्रीजन पण्डित, अनु पराजुली, जयराम सापकोटा, रुस्मा सापकोटा र जयराम बुढाथोकीको र अभिनय: अनु पराजुलीको रहेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलवार १४:५२