२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

छिट्टै सत्ता हस्तान्तरण हुन्छः अध्यक्ष थापा

२९ माघ, कैलाली । उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले जनताको पछिल्लो जनादेशअनुसार वर्तमान सरकारले चाँडै सत्ता हस्तान्तरण गर्न लागेको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संघीय संसद् गठनको पूर्णतामा समय लागेकाले सत्ता हस्तान्तरणमा पनि समय लागेको स्पष्ट पार्नुभयो ।

ऊर्जा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका थापाले भन्नुभयो, “ऊर्जाको विकासबाट मात्र देशमा समृद्धि र बिकास हुन्छ ।” अब बन्ने नयाँ सरकारलाई आफूहरुको रचनात्मक सहयोग रहने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २९ माघ २०७४, सोमबार १६:४३