नुवाकोटकी शुसिला तामाङ ज्यानमारेकाे अाराेपमा पक्राउ
३० साउन,काठमाडौं । काठमाडौं जिल्ला अदालतको २०६६ चैत २५ गतेको फैसलाले ४ वर्ष ११ महिना ६ दिन कैद ठहर भई फरार रहेकी एक महिला पक्राउ परेकी छिन् । नुवाकोट देउराली-९ घर भै काठमाडौं बालाजु बस्ने ३८ वर्षीया शुसिला तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
तामाङलार्इ केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले काठमाडौं बालाजुबाट पक्राउ गरेको छ ।
उनलार्इ प्रहरीले फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ । अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय जगनान्थदेवल महिला बन्दीगृह पठाइएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : ३० श्रावण २०७५, बुधबार १९:०९