२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीना यादव माओवादी त्यागेर एमालेमा प्रवेश

२१ चैत, काठमाडौँ । धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीना यादव माओवादी त्यागेर एमालेमा प्रवेश गरेकी छिन । सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर उनी एमाले प्रवेश गरेकी हुन ।

सोही अवसरमा नेकपा मओवादी केन्द्रका नेता विष्णुदेव यादव पनि एमाले प्रवेश गरेका छन । जनमोर्चाबाट गाविस अध्यक्ष जितेका यादव सहिद रामवृक्ष यादवका भतिजा हुन् । उनीहरूलाइ नेकपा एमालेका अध्यक्ष ओली, स्थायी कमिटी सदस्य प्रभु साह र लेखा आयोगका अध्यक्ष प्राडा पुष्प कडेँलले स्वागत गरे ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार १४:०१