२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

धादिङमा माओवादीबाट निर्वाचित एकमात्र गाउँपालिका अध्यक्ष डल्लाकोटी एमाले प्रवेश

२१ चैत, काठमाडाैँ । नेकपा माओवादी केन्द्रबाट २०७४ को स्थानीय निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एक मात्र अध्यक्ष बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटि (हरि) नेकपा एमाले प्रवेश गरेका छन ।

सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर डल्लाकोटी एमाले प्रवेश गरेको नेकपा एमाले धादिङका प्रचार विभाग प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

डल्लाकोटी नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको सदस्य रहेका थिए । एमाले पृष्ठभूमिका डल्लाकोटी १५ वर्षपछि  माओवादी छाडेर एमालेमा फर्किएका हुन । डल्लाकोटीलाइ एमालेमा स्वागत गर्न एमाले नेता खेम लोहनी धादिझ अध्यक्ष भूमि त्रिपाठी लगायत पनि बालकोट पुगेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार १३:०९