२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

अन्ततः नवराज सिलवाललार्इ पक्राउ गर्नै नसकी काठमाडाैँ प्रहरी प्रमुखबाट हटाइए पोखरेल

 

३० साउन, काठमाडाैँ । नेकपाका संसद तत्कालीन डिइजी नवराज सिलवाललार्इ समातेर थुन्ने तोक अादेशसहित काठमाडाैँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसएसपी विश्वाराज पोखरेल काठमाडाैँबाट हटाइएका छन ।

प्रहरी प्रधान कार्यालयले बुधबार पोखरेललार्इ हटाएर उनको ठाउँमा एसएसपी बसन्त लामालार्इ प्रमुख बनाएर पठाएको छ।  उनी काठमाडाैँ प्रहरी प्रमुख भएको सात महिना पनि नपुग्दै सरूमा परेका हुन । पोखरेलले २८ माघबाट काठमाडौं प्रहरी परिसरको नेतृत्व सम्हालिरहेको थिए ।  प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी बसन्त लामालाई दिएको छ।

एसएसपी पोखरेलले गुण्डागर्दी एवं लागूपदार्थ आसोरपसार नियन्त्रणसंगै शान्ति सुरक्षा मजवुद बनाउन सफल भए पनि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अादेश कार्यान्वयन गराउन अर्थात सिलवाललार्इ कीर्ते मुद्दामा पक्राउ गरेर थुन्न असफल भएका छन । 

भक्तपुरमा भएको इन्काउन्टरमा समेत प्रभावकारी समन्वय नगरेको भनेर विवादित बनेका एसएसपी पोखरेललार्इ हेडक्वटरले सरूवा गर्ने तयारी गरेको वियषमा दैनिकीले एक साता अघि नै समाचार प्रकाशन गरेको थियो ।

यो पनि पढ्नुहोस

–इन्काउन्टर प्रकरणः अपराध महाशाखा र काठमाडाैँ प्रहरी प्रमुख हेडक्वार्टर तानिने !

प्रकाशित मिति : ३० श्रावण २०७५, बुधबार २१:०७