२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

कम्फर्टेबल न्यायाधीश नपरेको भन्दै मुद्दाको सुनुवाइ स्थगित गर्न माधव नेपाल पक्षको निवेदन

२० चैत, काठमाडाैँ । कम्फर्टेबल न्यायाधीश नपरेको भन्दै मुद्दाको सुनुवाइ स्थागित गर्न माधव नेपाल पक्षसहित १४ सांसदको तर्फबाट निवेदन परेको छ । ७ महिनापछि पूर्ण सुनुवाइका लागि तोकिएको मुद्दाको सुनुवाइ स्थगित गर्न माधव नेपाल पक्षका कानुन व्यवसायीले निवेदन दिएका छन ।

उनीहरूले आज तोकिएकै इजलाशमा सुनुवाइ हुँदा सांसद पद चट भएर पार्टी पनि कोल्याप्स हुने डर भएपछि सुनुवाइ स्थगित गर्न निवेदन दिएका हुन ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रिट हालेको ७ महिनापछि सो मुद्दा पूर्ण सुनुवाइमा जान लागेको थियो ।

मुद्दाको सुनुवाइ न्यायाधीशरू अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा तोकिएको छ । प्रतिनिधिसभाका १४ र लुम्बिनी प्रदेशका दुई सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले रिट दायर गरेका थिए ।

यसअघि न्यायाधीशद्धय ईश्वरप्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले सो मुद्दालाई पूर्ण सुनुवाइका लागि पेस गर्न गत फागुन २९ गते आदेश दिएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आईतवार १२:१०