१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशित, उम्मेदवारी दर्ता भोलि


२२ फागुन, काठमाडौँ । निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशित गरेको छ । आयोगले सोमबार साँझ आफ्नो वेबसाइटमार्फत सो नामावली प्रकाशन गरेको हो ।

संविधानअनुसार संघीय संसद् र प्रदेशसभाका सदस्य रहेको निर्वाचकमण्डलले राष्ट्रपति निर्वाचनमा मतदान गर्नेछ । संघीय संसद्का २७५, राष्ट्रियसभाका ५९ र प्रदेशसभाका ५५० प्रदेशसभा सदस्यले निर्वाचनमा भाग लिनेछन् ।

आयोगले राष्ट्रपतिका लागि यही फागुन २३ गते उम्मेदवारी मनोनयनको कार्यतालिका यसअघि नै सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७४, मंगलवार ०८:५२