१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

ओएनएफ कान्साईको अध्यक्षमा अनुप पौडेल

१९ चैत, जापान । प्रवासी नेपाली मञ्च क्षेत्रीय कमिटी कान्साईको प्रथम अधिवेशनले अनुप पौडेलको नेतृत्वमा १९ सदस्यीय नयाँ कमिटी निर्वाचित गरेको छ । प्रवासी नेपाली मञ्च जापानका प्रचार विभाग प्रमुख प्रकाश ढकालका अनुसार अधिवेशनबाट उपाध्यक्षमा नरबहादुर जुगजाती, सचिवमा खगराज अर्याल, उप-सचिवमा नरेश ओली र अनिल पौडेलल चयन भएका छन ।

त्यस्तै सदस्यहरुमा चुडामणी कँडेल, कमल जोसी, जगत बोहोरा, बिष्णु सापकोटा, मुक्तिराम खरेल, रबिन्द्र बस्नेत, मोहन घिमिरे, गणेश सापकोटा, राजु कंडेल, तिलक ज्ञवाली, रामु आचार्य, ओमबहादुर खड्का, बिबेक कंडेल, सुदर्शन नेपाली निर्बिरोध निर्वाचित भएका छन ।

अधिवेशनको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा पूर्वी एसिया इन्चार्ज भक्त गुरुङले भर्चुअल माध्यमबाट र पूर्वी एसिया कमिटी अध्यक्ष सरोज कंडेल र प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटीका अध्यक्ष सुरेश केसीले पानसमा बत्ती बालेर संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बाेधन गर्दै प्रमुख अतिथि गुरुङले अधिवेशन सफलताको शुभकामना दिएका थिए । अधिवेशनमा प्रत्यक्ष उपस्थित भएर विशेष  अतिथि पूर्वी एसिया कमिटी अध्यक्ष सरोज कंडेल, विशेष अतिथि प्रवासी नेपाली मंच जापान राष्ट्रिय कमिटी अध्यक्ष सुरेश केसी, पूर्वी एसिया कमिटी सदस्य मोहन रायमाझी, राष्ट्रिय कमिटी सचिवालय सदस्यहरु कुलचन्द्र खरेल, स्वतन्त्र पौडेल, अर्जुन अधिकारी, प्रकाश ढकाल, मुक्तिराम खरेल , हरिश्चन्द्र पौडेल, कान्तो क्षेत्रिय कमिटी अध्यक्ष बुद्धीराज घिमिरे, राष्ट्रिय कमिटी सदस्य अन्जन खनाल, ओकिनवा क्षेत्रिय कमिटी अध्यक्ष मिलन केसी, एनआरएनए जापानका कोषाध्यक्ष कृष्ण शर्मा गैरे लगाएत बिभिन्न संघ सस्थाका प्रतिनीधिहरुले अधिबेशन सफलताको शुभकामना दिएका थिए ।

उद्घाटन सत्रको सभापतित्व अधिवेशन आयोजक कमिटी संयोजक टिकाराम कडेल तथा संचालन आयोजक कमिटी सचिव प्रेम गैरेले गरेका थिए ।

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार १९:३३