२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

देउवा र मोदीले संयुक्तरुपमा गरे चार परियोजनाको उद्घाटन

१९ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले आज चारवटा परियोजनाको संयुक्त रुपमा उद्घाटन गरेका छन् । भारतको हैदरवाद हाउसमा नेपाल–भारत उच्चस्तरीय बैठक सम्पन्न भएपछि उनीहरुले त्यहींबाट भर्चुअल रुपमा चार वटा परियोजनाको उद्घाटन गरेका हुन् ।

संयुक्त रुपमा उद्घाटन गरिएका परियोजनामा भूकम्पपछि पुनर्निर्माण भएका १३२ वटा स्वास्थ्य चौकी, नेपाल र भारतबीच रुपी कार्ड सञ्चालन, ९० किलोमिटर लामो १३२ केभीको सोलु करिडोर प्रसारण लाइन र कुर्था–जयनगर ३५ किलोमिटर रेल सेवा रहेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार १४:१०