२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

म माओवादीमा प्रवेश गरेको छैन : दीपकराज गिरी

१८ चैत, काठमाडौँ । कलाकार दीपकराज गिरीले आफू कुनै पार्टीमा नलागेको बताएका छन् । गिरीले आफू माओवादीमा प्रवेश भएको समाचारको हेडलाइन आएको र त्यसलाई हेरेर फोन र म्यासेज आएर हैरान भएको उनले बताएका छन् ।

शुक्रबार राति सामाजिक सञ्जालमा एक पोस्ट गर्दै गिरी माओवादीमा प्रवेश भनेको हेडलाइन मात्रै हेरेर फोन र म्यासेज आएर हैरान परेको उनले लेखेका छन् ।

‘म कहिँ गा छैन म कुनै एक पार्टीको होइन सबै पार्टीको हूँ’ गिरीले लेखेका छन् । केही समय अघि उनले माओवादीको पक्षमा एक स्टाटस लेखेका थिए । पछिल्लो समय कलाकारहरुको पार्टी प्रवेशको चर्चा चलिरहेको प्रसंगसँग उनको नाम जोडिएर समाचारहरु आएका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार २२:२९