२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नेपाली कांग्रेस नुवाकोटको जिल्ला समितिमा मिश्र, रिमाल र तामाङ मनोनित

१८ चैत, नुवाकोट । नेपाली कांग्रेस नुवाकोटले तीन जनालाई जिल्ला कार्यसमितिमा मनोनित गरेको छ । कांग्रेस जिल्ला सभापति रमेश महतले पार्टी विधान २०१७ को धारा १२ को उपधारा (५) खण्ड (ख) काे २ बमोजिम तीन जनालाई जिल्ला कार्यसमितिमा मनोनित गरेको प्रेस विज्ञप्ति मार्फत जिल्ला कार्यसमितिका सचिव वैकुण्ठ मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार पञ्चकन्या गाउँपालिका वडा नम्बर २ का कृष्ण मिश्र, विदुर नगरपालिका वडा नम्बर ३ का बद्रिप्रसाद रिमाल र म्यागङ गाउँपालिका वडा नम्बर ३ का गणेश तामाङ रहेका छन ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार २०:१७