२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

भारतबाट घटेर आयो पेट्रोलको मूल्य

१८ चैत, काठमाडाैँ । भारतबाट पेट्रोलको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार १ रूपैयाँ ४८ पैसा घटेर आएको हो ।निरन्तर बढिरहेको पेट्रोलको मूल्य यसपालि भने घटेर आएको हो । पेट्रोल अहिले १५५ रूपैयाँमा बिक्री भइरहेको छ । खरिद लागत भने १८२ रुपैयाँ ७ पैसा रहेको निगमको भनाइ छ ।

निगमका अनुसार डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यास भने बढेर आएको छ । डिजेलमा २ पैसा, मट्टितेलमा २२ रूपैयाँ १९ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ २३ पैसा र ग्यासमा प्रतिसिलिन्डर २७३ रुपैयाँ ३८ पैसा बढेर आएको हो ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार १८:४३