१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

भाषा, लिपि, संगीत, लय, सुर, ताल, धुन, छन्द हाम्रै पूर्वजले आविष्कार गरेका हुनः अध्यक्ष ओली


१८ चैत, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भाषा, लिपि, संगीत, लय, सुर, ताल, धुन, छन्द हाम्रै पूर्वजले आविष्कार गरेको बताएका छन । एमालेको जनवर्गिय संगठन जन सांस्कृतिक महासंघको ८ औँ महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भाषा, लिपि, संगीत, लय, सुर, ताल, धुन, छन्द हाम्रै पूर्वजले आविष्कार गरेको दाबी गरे ।

उनले संस्कृतिको आविष्कार नै नेपालका पूर्वजहरूले गरेको दाबी गरे । उनले दोहोरी गीतको प्रशंशा गर्दै त्यसका लागि आसुकवि चाहिने र त्यत्सा कवि दुनियाँमा अन्त कहि नभएको बताए । नउले आँसु कविकवियत्रीको अभाव नेपालमा नभएको बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार १६:०९