१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

एमाले नेता समेत रहेका गोलबजार ११ का वडा अध्यक्ष यादवको मृत्यु


१८ चैत, सिरहा । सिरहाको गोलबजार नगरपालिका- ११ बलकावाका वडा अध्यक्ष रामदेव यादवको निधन भएको छ । मुटुरोगबाट पीडित यादवको शुक्रबार बिहान उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो ।

गत माघमा काठमाडौंबाट उपचार गरेर आएका वडा अध्यक्ष यादव दुई दिनअघि गाउँकै बजारमा बेहोस भएका थिए । उनलाई थप उपचारको लागि धरान पुर्‍याइएको गोलबजार नगरपालिकाका कार्यपालिका सदस्य गंगा कुमारीले जानकारी दिए । उनको तीन छोरी र श्रीमती छन् । उनी नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भएका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार १५:१९