बिबाहमा दुलाहले दुलहीसँगै दाइजो मागे ३ वर्ष कैद
३० साउन, काठमाडाैँ । समाजमा दाइजोका कारण धेरै महिलाले ज्याननै गुमाए पछि नयाँ कानुनी व्यवस्था मार्फत काडाइ गर्न खोजिएको छ । दाइजो माग्ने र दाइजोका कारण महिलालाई हैरानी दिनेलाई अब कडा कारबाही हुने भएको छ । भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिता ऐनको विवाह सम्बन्धी कसूर अन्तर्गत दफा १७४ मा विवाहमा लेनदेन गर्न नहुने उल्लेख छ ।
हाल प्रचलनमा रहेको मुलुकी ऐन २०२० मा दाइजो माग्नेविरुद्ध कारवाहीको व्यवस्था नै थिएन । अहिले त्यसको आवश्यकता महसुस गर्दै यस्तो व्यवस्था ल्याइएको हो । अब दाइजो मागेमा वा लेनदेनको शर्त राखेको भेटिएमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने ऐनमा व्यवस्था गरिएको छ ।
प्रकाशित मिति : ३० श्रावण २०७५, बुधबार ०८:३४