१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

सिन्धुपाल्चोकका एमाले नेता दिलिपराज गिरी प्रचण्ड निवास पुगेर माओवादी प्रवेश गरे


१८ चैत, काठमाडाैँ । नेकपा (एमाले) सिन्धुपाल्चोकका नेता दिलिपराज गिरी माओवादी प्रवेश गरेका छन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमै पुगेर गिरी शुक्बार बिहान माओवादी प्रवेश गरेका हुन ।

गिरीलाई माओवादी अध्यक्ष प्रचण्ड नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षामान पुन  र युवराज दुलाल शरदले खादा लगाएर स्वागत गरे । सिन्धुपाल्चोकमा एमालेभित्र विवाद बढ्दै जाँदा कतिपय समाजवादीतिर लागेका छन भने कतिपय कांग्रेसतिर जान थालेका छन । केही साता अघिमात्र गाउँपालिका अध्यक्षमा विजयी भएमाले नेता केदार क्षेत्री कांग्रेस प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार १२:०३