२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

स्थानीयले गरे मुड्खु–ककनी सडकखण्ड अवरुद्ध, फोहोर बोकेका टिपर फिर्ता

१८ चैत, काठमाडाैँ । मुड्खु–ककनी सडकखण्ड पिचको माग गर्दै स्थानियले तिनपिप्लेमा भेला भई सडक अवरुद्ध गरेका छन् । स्थानियको अवरोधका कारण नुवाकोट तर्फ जाने फोहोरका टिपरहरूलाई तिनपिप्लेबाटै फिर्ता पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै, बल्खु पुलबाट सुन्दरीघाटजाने सडकमा ग्याभ्रलिङको काम भइरहेका कारण उक्त स्थानमा संचालन हुने सवारी साधन प्रभावित भएका छन् ।

 ललितपुरको हरिसिद्धिबाट गोदावरी जाने आउने सवारी साधनलाई आज पनि क्यान्सर अस्पताल–सानागाउँ–ईमाडोल—ग्वार्को हुँदै संचालन गरिएको छ । उक्त स्थानमा सडक मर्मतका कारण सवारी साधनलाई डाइभर्सन गरिएको हो ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार ११:३३