२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

देशैभरका ठूला नदीमा बाढी, केहीमा खतरकाे पार गर्याे सतर्क रहन अाग्रह

३० साउन, काठमाडाैँ । निरन्तरकाे वर्षाको कारण काठमाडाैँ उपत्यकाका बागमती, विष्णुमती, धोविखोला, रुद्रमतीलगायत नदीमा आएको बाढीले विभिन्न ठाउँ डुबानमा परेको छ । बाढीका कारण काठमाडौंको बानेश्वर, बुढिनिलकण्ड, कालोपुल, अनामनगर, सुन्दरीजल आसपासको क्षेत्र डुबानमा परेको हो ।  सुन्दरीजलमा एउटा कुखुरा फर्म डुबाउँदा २ सय कुखुरा मरेका प्रहरीले जनाएको छ ।

अहिले ठूला नदीहरु कालिगण्डकी, अरुण, सुनकोशी, तमोर र सप्तकोशीमा पानीको सतह खतराको तह नजिकै पुगेको छ । अबको एक दुई घण्टामा कोशीको चतराभन्दा तल सप्तरी र सुनसरीमा डुबानको खतरा रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

यस्तै पर्वतको कुस्मा कालिगण्डकीमा बाढी आएको छ । बुधबार बाग्लुङ, गुल्मी, स्याङजा, पाल्पा, तनहुँ, नवरपरासीको नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ । यस्तै नारायणी नदीमा पानीको सतह सतर्कता तह पार गर्ने अनुमान छ । मंगलबार राति सिन्धुपाल्चोकको जुरे आसपास १ सय मिलिमिटर भन्दा धेरै पानी परेपछि त्यहाँका बासिन्दालाई सावधानी अपनाउन बाढी पुर्वानुमान शाखाले आग्रह गर्दै एसएमएस पठाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७५, बुधबार ०८:२५