२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

राजदूत आचार्यले बेलायती महारानीसमक्ष भर्चुअल रूपमा पेस गरे ओहोदाको प्रमाणपत्र

१७ चैत, काठमाडाैँ । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । आचार्यले बिहीबार बेलायती महारानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

भर्चुअल रूपमा आयोजना गरिएको सो कार्यक्रममा राजदूत आचार्यले मध्याह्न बकिङहम प्यालेस पुगेर महारानीलाई ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । राजदूत आचार्यले बेलायतका लागि २३ औँ राजदूतको रूपमा गत फेब्रुअरी २३ मा आफ्नो पदबहाली गरेका हुन् ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार २२:२२