सत्यराजको स्वरमा आरके र आरसीको `सिन्को नभाँची´ (भिडियोसहित)
१७ चैत, एडिलेड। प्रवासमा बसेर नेपाली साहित्य संगितमा लागेका आर के शर्माको रचना र आरसी थापाको संगितमा सत्यराज आचार्यको स्वरमा `सिन्को नभाँची´ संगितको बजारमा आएको छ ।
परिवारकी एक्ली छोरीलाई सानो काम समेत गर्न नलगाईकन, सिन्को सम्म भाँच्न नभनिकन हुर्काई बढाई गरेपनि उमेर पुगेपछि विवाह गर्ने बेला बाआमालाई थाहा सम्म नदिईकन भागि विवाह गर्ने सामाजिक कथाको अन्तरवस्तुको केरकार नै “सिन्को नभाँची” को पृष्ठभुमि भएको गितका रचनाकार आर के शर्माले बताएका छन ।
उनले अभिभावकीय आँखामा मन्जुरीविनाको भागि विवाहले बाआमाका मनमा चलेको भावनालाई प्रस्तुत गरिएको गीत “सिन्को नभाँची” भएको बताए । गीतका संगितकार आर सी थापा ले बाबु आमाको आँखाका नानी छोरीले जिवनको ठुलो फैसला गर्दा कुनै जानकारी नै नदिदाको पीडालाई गितले अभिव्यक्त गरेको बताए ।

रचनाकार शर्माले गीत लेखेर संगित भर्नदिदा संगित भर्दै जादा गायकमा सत्यराज आचार्यको स्वर ठिक हुने ठानेर उहालाई गाउन दिने निर्णय गरेको बताए । नेपाली संगित क्षेत्रका लोकप्रिय कलाकार सत्यराज आचार्यले यो गीतले देखाउन खोजेको बिषयबस्तु नेपाली समाजमा धेरै देखिएको तर बाबु आमाको पीडालाई झल्काउने खाल्का गीतहरु खासै नभएकाले अलि फरक देखेर नै स्वर भरेको बताए ।
रचनाकार शर्माले आफुले धेरै नै साहित्य रचना गरे पनि गितको रुपमा आएको पहिलो प्रयास भएकाले स्रोताहरुको प्रतिक्रियाले आगामी दिनमा कस्तो रचनालाई महत्वदिने भन्ने निर्धारण हुने बताए । गीतको भिडियो सहित सत्यराज आचार्यको युट्युब च्यानलमा सार्वजनिक भएको छ ।
गीतले नेपाली समाजमा रहेको मागी बिवाहका विरुध्द गएकी एक छोरी र छोरीको निर्णयले दुखी भएका बाबु आमाको पिडालाई प्रस्तुत गरेको छ । गाउघरमा खेतबारीको होस वा अरु कुनै काममा समेत नगराई राखेकी छोरीले जिवनको महत्वपुर्ण फैसला गर्दा एक बचन जानकारी समेत नदिईकोमा बाबु आमाको पिडा झल्काएको छ गितले |
त्यसैगरि गितले अभिभावकको मन्जुरी विना गरिने वैवाहिक संबन्धका कारण कतिपय अवस्थामा घरका साना भाईवैनीहरुसंगको संबन्धमा पनि आँच आउने र तिनीहरुमा मनोवैज्ञानिक असर पर्ने सत्यतालाई पनि उघारेको छ।
प्रकाशित मिति : 21:20









