२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

माओवादीबाट निर्वाचित अध्यक्षसहित कांग्रेस र समाजवादीका ५३ नेता एमालेमा

१७ चैत, ताप्लेजुङ । ताप्लेजुङमा माओवादीबाट निर्वाचित वडा अध्यक्षसहित कांग्रेस र समाजवादीका ५३ नेता एमालेमा प्रवेश गरेका छन ।

जिल्लाकाे आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर ५ का माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष सन्तोष आङ्वुहाङ र नेकपा माओवादि केन्द्रका जिल्ला कमिटी सचिवालय सदस्य सुर्य आङ्वुहाङ एमाले प्रवेश गरेका हुन । बुधबार भएकाे कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन ।
साे अवसरमा अनेरास्ववियु समाजवादी विद्यार्थी संगठन जिल्ला कमिटी सचिव तुलसी भट्टराई सहित ५३ जना नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका छन ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार ०८:३४