२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

अनेरास्ववियु नुवाकोटको १७ औँ जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

१६ चैत, नुवाकोट । अनेरास्ववियु नुवाकोटको १७ औँ जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार विदुरमा बसेको अनेरास्ववियु नुवाकोटको बैठकले अधिवेशनको मिति केन्द्रीय कमिटीको बैठक जुधेकाले स्थगित गरिएको जनाएको छ ।

बुधबार अध्यक्ष विष्णुहरि रिमाल सत्य र सचिव प्रशान्तजंग पाण्डेले संयुक्त विज्ञप्ति जारी गरेर अधिवेशन अनिश्चितकालका लागि स्थागित भएको जनाएका छन । यसअघि अनेरास्ववियुले चैत १८ र १९ गते अधिवेशनको मिति तोकेको थियो । अधिवेशनको एक दिन अघि केन्द्रीय कमिटी बैठकलाइ देखाएर स्थगित गरेपछि विद्यार्थीहरूले भने आश्चर्य प्रकट गरेका छन ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार २०:३५