२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

प्रधानसेनापति र गैर–आवसीय बंगलादेशी सैनिक सहचारीबीच भेटवार्ता

१६ चैत, काठमाडौं । नेपालका लागि बंगलादेशका गैर–आवसीय सैनिक सहचारी अबुल कलाम आजादले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । बुधबार सैनिक मुख्यालय जंगी अड्डा गई उनले प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् । प्रधानसेनापतिको कार्यालयमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

‘यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार १७:०१