२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

काठमाडौँमा फेरि टिपर आतंक, स्कूल हिँडेका दुई बालिकाको हत्या

१६ फागुन, काठमाडाैँ । काठमाडौँमा फेरि टिपर आतंक सुरू भएको छ । बुधबार बिहान  स्कूल हिँडेका दुई बालिकालाई ब्यक गरेर हत्या भएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरले ठक्कर दिएर दुई स्कूले बालिका हत्या गरेको छ ।

स्थानीय वर्ल्ड युथ इन्टरनेशनल स्कूलमा अध्ययनरत रोहन घिसिङका छोरीहरू८ वर्षीया सृष्टि तामाङ र ४ वर्षीया श्रेया तामाङको आज बिहान ८ः३० बजे टिपरको ठक्करबाट घाइते भएका उनीहरूको टिपर ब्याक गरेर हत्या गरिएको हो ।

घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कूल लैजाँदै गर्दा बा. ४ ख ६९६५ नम्बरको टिपरले ब्याक गरेर ठक्कर दिएको र उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ । दुर्घटनामा घिसिङ पनि गम्भीर घाइते भएका छन ।

चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घाइते बुबाले जानकारी दिए । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार ११:४१