२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

मुगुमा लोकसेवा आयोगको कार्यालय स्थापना गर्न जोड

१५ चैत, मुगु । प्रदेश लोकसेवा आयोग सुर्खेतअन्तर्गत रहने गरी हिमाली जिल्ला मुगुमा पनि कार्यालय स्थापना गर्न सर्वसाधारणले माग गरेका छन् । प्रदेश लोकसेवा आयोगको भूमिकामाथि अन्तरक्रिया गर्न मंगलबार आयाेजित कार्यक्रमका सहभागिहरूले कर्णालीका जुम्ला, हुम्ला, डोल्पामा आयोगकाे कार्यालय स्थापना भए पनि मुगुमा नभएकाेमा दुखेसाे गरे ।

मुगुमा आयोगको कार्यालय नहुँदा यहाँका नागरिक हजाराैं खर्चेर बाहिरी जिल्ला जानु पर्ने अवस्था रहेको उनीहरूकाे भनाइ छ । यही कारण मुगुमै आयोगको कार्यालय स्थापना भए नागरिकलाई राहत हुने प्रमुख जिल्ला अधिकार रोमबहादुर महतले बताए ।

उनका अनुसार अन्य जिल्लाभन्दा मुगुमा निजामती कर्मचारी रहेको र मुगुमा निजामती कर्मचारी बढाउन पनि आयोग कार्यालय स्थापना गर्नु पर्ने बताए । कार्यक्रममा प्रदेश लोकसेवा आयोगका सचिव भुपेन्द्र थापाले संघको आयोगले हुम्ला र डोल्पामा परीक्षा केन्द्र राख्ने हुँदा कार्यालय पनि खुलेकाे बताए । सचिव थापाले भने, ‘प्रदेश लोकसेवा आयोग ऐन २०७५ कर्णालीका सबै जिल्लामा कार्यालय स्थापना गर्नेगरी बाटाे खाेलेको छ ।’

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार १४:०७