१० आश्विन २०८१, बिहीबार | Fri Sep 27 2024

परमादेशको सरकारको अर्को सफलता ! औद्योगिक क्षेत्रमा ८ घण्टा लोडसेडिङ

१५ चैत, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको परमादेशको सरकारले औद्योगिक क्षेत्रमा ८ घण्टा लोडसेडिङ सुरू गरेको छ । देशको आर्थिक अवस्था समेत धराशायी बनाएको सरकारले अब औद्योगिक क्षेत्रमा ८ घण्टा लोडसेडिङ सुरू गरेको हो ।

केहीदिन अघि नै नेपाल विद्युत प्राधिकरणले पत्रकार सम्मेलन गरेर लोडसेडिङ हुने जानकारी दिएको थियो । भारतीय इनर्जी एक्सचेन्ज (आइइएक्स) बजारबाट विद्युत् उपलब्ध नहुँदा नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा आपत्कालीन लोडसेडिङ सुरु गरेको जनाएको छ ।

नेपालले ३ रूपैयाँमा बेचेको बिजुली ३८ रुपैयाँ दिँदा पनि भारतले नदिएपछि लोडसेडिङको अवस्था आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन । उनले प्राधिकरणले प्रतियुनिट २० रुपैयाँ भारु र अन्य शुल्कसहित ३८ रुपैयाँ बोलकबोल गर्दासमेत विद्युत् उपलब्ध गर्न नसकेपछि लोडसेडिङको अवस्थमा पुग्नुपरेको र यो चाँडै अन्त्य हुने बताए ।

विद्युत् प्राप्त नभएपछि उद्योगहरूमा अधिकतम आठ घण्टासम्म विद्युत् कटौती भएको छ । यो आपत्कालीन लोडसेडिङ भएको र विद्युत् प्राप्त हुनेबित्तिकै उद्योगलाई पनि उपलब्ध गराउने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार १०:५८