२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

रोल्पाले ध्वंशमा मात्र होइन, निर्माण पनि गर्न सक्छ : प्रचण्ड

१४ चैत, रोल्पा । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा ध्वंशमात्र होइनन निर्माण गर्न सक्ने बताएका छन् । रोल्ल्पाको रोल्ल्पा नगरपालिकामा बनेको भ्यूटावरको सोमबार उद्घाटन गर्दै प्रचण्डले माओवादी युद्धको ऐतिहासिक रोल्पा विकास निर्माणमा अघि बढेको बताए ।

उनले रोल्पा अशान्ति र ध्वंशमात्र होइन विकास निर्माण पनि गर्न सक्ने बताए । ‘माओवादी युद्धको ऐतिहासिक रोल्पा अशान्तिमात्र होइन, ध्वंश मात्र पनि होइन, निर्माण पनि गर्न सक्छ । यो भ्यूटावरसहितले देखाएको छ,’ प्रचण्डले भने, ‘सहिदलाई स्मरण गरेर काम गर्नुहोस् । रोल्पा माओवादी युद्ध संग्राहलय बन्न सक्छ ।’ रोल्पाको विकास र समृद्धिका लागि आफूले सकेको सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता छ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार १४:३३