२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

नेकपा एसको सिंगो कमिटी नै एमालेमा विलय गरेको घोषणासहित अध्यक्ष यादव एमालेमा

१४ चैत, काठमाडौँ । नेकपा एकिकृत समाजवादीको बारा परवानीपुर गाँउपालिका कमिटीका अध्यक्ष राम यादव आज नेकपा एमाले प्रवेश गरेका छन । सोमबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमै पुगेर यदाव एमाले प्रवेश गरेका हुन । उनले परवानीपुरको सिंगो कमिटीनै एमालेमा विलय गराउने घोषणा पनि गरेका छन ।

सोही अवसरमा महोत्तरीको सम्सी गाउँपालिकाका अध्यक्ष शेख फारूख नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन । त्यस्तै महोत्तरीको रामगोपालपुर नगरपालिकाका ३ र ४ का वडा अध्यक्ष कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन । नेपाली कांग्रेसको तर्फबाट महोत्तरीको रामगोपालपुर नगरपालिकाको वडा नम्बर ४ का विजयी भएका अध्यक्ष उमेश महतो, ३ का अध्यक्ष जयनारायण मण्डल एमाले प्रवेश गरेका हुन ।

सोही अवसरमा जलेश्वर नगरपालिकाको उपमेयर मनचुन देवी पनि लोकतान्त्रिक समाजवादी पार्टी छाडेर एमालेमा प्रवेश गरेकी छिन । त्यस्तै लोहरपट्टी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष रामबाबु यादव पनि एमाले प्रवेश गरेका छन । उनीहरू पार्टी प्रवेशका लागि सोमबार बिहानै ओली निवास बालकोट पुगेका थिए । त्यस्तै माओवादी केन्द्रबाट रामगोपालपुरको वडा नम्बर ८ को अध्यक्षमा विजयी भएका रामविलास मण्डल पनि एमाले प्रवेश गरेका छन ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार ११:४०