२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

रोल्पामा ६ करोडको भ्यू टावर चढेर जनयुद्ध सम्झिदै प्रचण्ड

१४ चैत, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ आज राेल्पा जाँदैछन् । युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी राेल्पा नगरपालिकाले निर्माण गरेकाे `जनयुद्ध स्मृति टावर´काे उनले उद्घाटन गर्नेछन् । भने उद्घाटन लगत्तै नाै तले उक्त भ्यूटावार चढेर प्रचण्डद्धको स्मरण गर्नेछन ।

टावरमा माओवादी १० वर्षे सशस्त्र विद्राेहकाे क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहिदकाे नाम राखिएको छ । कतिपयकाे शालिक पनि राखिएको छ । करिब ६ कराेडमा निर्माण सम्पन्न टावरकाे मध्याह्न प्रचण्डले उद्घाटन गर्ने मेयर पूर्ण केसीले जानकारी दिए । यसपछि प्रचण्डले पार्टीले लिबाङकाे टुँडिखेलमा आयाेजना गर्ने आमसभालाई सम्बाेधन गर्नेछन् ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार ०९:४४