२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

कांग्रेसको दुई गुट र एमालेको भागवण्डाले एनआरएनएको अध्यक्षमै तीन जना सर्वसम्मत निर्वाचित

१३ चैत, काठमाडाैँ । गैरआवासीय नेपाली संघको १० औ विश्वसम्मेलन तथा महाधिवेशनले नेपाली कांग्रेसको दुई गुट र एमालेको भागवण्डा मिलाउँदै  कुल आचार्य, रविना थापा र डा. बद्री केसीको अध्यक्षतामा सर्वसम्मतले नयाँ नेतृत्व चयन गरेको छ ।

करिब ६ महिनादेखि चल्दै आएको विवाद का कारण दशौँ महाधिवेशन तथा निर्वाचन गर्न नसकिरहेको एनआरएनएले अन्ततः भागवण्डमा सहमति जुटाएर रहर गर्ने सबैलाइ अध्यक्ष बनाएर एकताको सन्देश प्रवाह गरेको छ । यसअघि कांग्रेसको समर्थनमा अध्यक्षमै चुनाव लडेर पराजित भएका कुला आचार्य र अध्यक्ष रहर गरेका महासचिव डा बद्री केसी र रविना थापा समेतलाई अध्यक्ष बनाउँदै एनआरएनएले नयाँ सन्देश दिएको छ ।

यसअघि नै एनअारएनए शेष घलेको अध्यक्षमा विनोद कुँवर चयन भैसकेका छन । घले निकटकाहरूको भेलाले कुँवरको नेतृत्वमा छुट्टै कमिटी घोषणा गरिएको थियो ।  १८ महिने कार्यकालमा पहिलो अध्यक्षता तीन वटै अध्यक्षले गर्ने, त्यसपछिको ६ महिना आचार्य, ६ महिना थापा र समापनको अन्तिम ६ महिना केसीले अध्यक्षता गर्ने गरी भागवण्डा र सहमति भएको पाइएको छ । अध्यक्षमा चयन भएका केसी एमाले निकट र अाचार्य र थापा कांग्रेस निकट भनेर चिनिएका व्यक्ति हुन ।

अध्यक्षमा निर्वाचित तिनै जनालाई निवर्तमान अध्यक्ष कुमार पन्तले समापण समारोहमै पद तथा गोपनियताको सपथ खुवाएका छन । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. हेमराज शर्मा, महेश श्रेष्ठ, भुषण घिमिरे, डिबी क्षेत्री, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द श्रेष्ठ (रोविन्द), जयप्रकाश गुरुङ, नारायण आचार्य, नरेन्द्र भाट र आरके शर्मा, यस्तै महिला उपाध्यक्षमा डा. विष्णुमाया परियार र याश्मिन वेगम तथा युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चयन भएका छन ।

यस्तै महासचिवमा गौरीराज जोशी र केशव पौडेल, उपमहासचिवमा गणेश केसी, डा. देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिंखडा र विनय अधिकारी, सचिवमा चिरञ्जिीवि घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रविण गुरुङ, शंकर खडका, अभिमानसिंह बस्नेत, प्रमोद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठि तथा महिला सचिवमा डा. अलिलि पोखरेल र टिका गुरुङ चयन भए ।

कोषाध्यक्षमा सुनिल शाह, लोक दाहाल र फणिन्द्रमणि पोखरेल सहकोषाध्यक्षमा दिपक शर्मा, होम गौतम, कृष्ण तिमिल्सिना, लाल केसी र मिलन छन्त्याल, नारायण सुवेदी, टंक गैरे र यज्ञ सुवेदी चयन भए । यस्तै महिला सहकोषाध्यक्षमा अमृता थापा, यमुना भट्टराई र योगिता थापा चयन भएका छन ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आईतवार २०:५२