२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

जनताले बिश्वास गर्नेगरि जनप्रतिनिधिले काम गर्नुपर्छः राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनताले बिश्वास गर्नेगरि जनप्रतिनिधिले काम गर्नुपर्ने बताएकाछन । शनिबार काठमाडौंमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले जनताप्रतिको उत्तरदायीत्वलाई बुझेर जनप्रतिनिधिले काम गर्नुपर्ने बताएका हुन ।

उनले स्थानीय तहमा दोहरीन चाहनेले पनि आफुले देश र जनता तथा समाजका लागि गरेको कामको स्वमूल्याङ्कन गर्नुपर्ने धारणा राखे। देश बनाउने काम प्रत्येक नागरिकको पनि रहेको भन्दै नागरिकलाई देशप्रति उत्तरदायी बनाउने काम जनप्रतिनिधिकै रहेको उनले बताए । तिमिल्सिनाले भ्रमपूर्ण कुराबाट सचेत रहेर विवेकपूर्ण तरिकाले जनप्रतिनिधिको छनौट गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा गाउँ सभा÷ नगरसभा सञ्चालन तथा कानून निर्माण प्रकृया समबन्धी स्रोत पुस्तीका विमोचन गरिएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आईतवार १७:१०