२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

कांग्रेस बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग

१३ चैत, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गरिएको छ ।  बैठकबाट बाहिरिने क्रममा केन्द्रीय सदस्य प्रकाश स्नेहीले आफूले शर्मालाई तत्काल बर्खास्त गर्न माग गरेको जानकारी दिए ।

उनले अर्थतन्त्र ओरालो लागेको र व्यापार घाटा बढेको अवस्थामा पनि अर्थमन्त्री शर्माले सुधारका लागि कुनै प्रयास नगरेकोले तत्काल बर्खास्त गर्नुपर्ने बताए । उनले अहिले माओवादीलाई  भन्दा बढी देशलाई  माया गर्नुपर्ने अवस्था रहेको बताए ।

कांग्रेसका अन्य नेताहरूले पनि अर्थतन्त्र धराशायी बनिसक्दा पनि कांग्रेसको नेतृत्वको सरकार निरीह देखिनु बिडम्बनापूर्ण रहेको बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आईतवार १६:४८