५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

१३ चैत, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आइतबार नेप्समा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको ३१.०५ प्रतिशत बोनस बापतको ६ लाख ३९ हजार ७ सय २७ दशमलव ५० कित्ता सेयर नेप्समा सूचिकृत भएको हो । त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ प्रतिशत बोनस बापतको ५२ लाख ९० हजार ७ सय ४२ दशमलव ७२ कित्ता सेयर सूचिकृत भएको हो ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आईतवार १६:१८