२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सर्लाहीमा पुलबाट बस खस्दा चार जनाकाे मृत्यु, तीन दर्जन यात्रु घाइते

१३ चैत, सर्लाही । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीकाे फुलजाेर खाेलाकाे पुलबाट बस खस्दा चार जनाकाे मृत्यु भएकाे छ भने ३ दर्जन यात्रु घाइते भएका छन् । दुर्घटनामा परेर मृत्यु भएका चार जनाकाे शव पाेष्टमार्टमका लागि मलंगवा पठाइएकाे र घाइतेहरूकाे लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेकाे छ ।

वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेकाे ना४ख ८५५५ नम्बरकाे यात्रुबस आइतबार बिहान पुलबाट तल खसेकाे हाे । घाइतेकाे उद्धार जारी रहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ । घटनाकाे थप विवरण भने आउन बाँकी छ । बसकाे अगाडीकाे चक्का पड्किएर अनियन्त्रित भई पुलबाट खसेकाे प्रहरीकाे प्रहरीकाे आश‌ंका छ । घटनाकाे अनुसन्धान भईरहेकाे प्रहरीले जनायाे ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आईतवार १३:२३