२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

तेह्रथुम सरोकार समाजको अध्यक्षमा मोहनकुमार डाँगी

१३ चैत, काठमाडाैँ । तेह्रथुम सरोकार समाजको अध्यक्षमा मोहनकुमार डाँगी सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको समाजको आठौं वार्षिक साधारण सभाले डाँगीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । डाँगी दोस्रो कार्यकालको लागि समाजको अध्यक्ष चुनिएका हुन ।

सभाले समाजको वरिष्ठ उपाध्यक्षमा डिल्लीराम ढुंगेल, उपाध्यक्षमा गणेशप्रसाद घिमिरे, हरिपतिलाल श्रेष्ठ र चिरञ्जिीवी खतिवडा, महासचिवमा केशवकुमार भट्टराई, उपमहासचिवमा योगेन्द्रकुमार कुरुम्बाङ, सचिवमा विरेन्द्र कुरुम्बाङ र भगिमान गुरुङ तथा कोषाध्यक्षमा रामप्रसाद बिमली र सहकोषाध्यक्षमा कुन्तादेवी फोम्बोलाई चयन गरेको छ ।

त्यस्तै, सदस्यहरूमा बुनु तिम्सीना, टिका गहतराज, सञ्जय खतिवडा, लोकेन्द्र लिम्बू, कुलचन्द फोम्बो, विकास ढकाल, कृष्णभक्त गड्तौला, टिकाराज कार्की, सुमन बुढाथोकी र विष्णु खनाल सर्वसम्मत चयन भएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आईतवार १०:५६