१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

नुवाकोटमा बन्दको प्रभावः काफल डाँडामा तीन वटा मिनी ट्रकमा तोडफोड र आगजनी

२९ साउन, नुवाकोट । नुवाकोटको छहरे टोखा सडकखण्डमा तीन वटा मिनी ट्रकमा तोडफोड र आगजनी भएको छ । शिवपुरी गाउँपालिका वडा नम्बर ८ स्थित काफल डाँडामा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बालुवा बोकेर काठमाडौँ जाँदै गरेको तीन वटा मिनी ट्रकमा आगजनी र तोडफोड गरेका हुन ।

नुवाकोट प्रहरी प्रमुख एसपी बसन्त कुँवरका अनुसार बा ४ ख ८५१६ नम्बरको मिनी ट्रकमा आगजनी भएको छ भन बा ५ ख २१३० र बा ५ ख २१३२ नम्बरको दुई वटा मिनी ट्रकमा तोडफोड भएको छ । एसपी कुँवरका अनुसार आगजनीबाट बा ४ ख ८५१६ नम्बरको मिनी ट्रकको इन्जिन पूरै काम नलाग्ने भएको छ । एसपी कुँवरले सवारीका लागि स्कर्टिङको व्यवस्था गरिएको बताउँदै ढुक्कसँग सवारी चलाउन अाग्रह गरेका छन ।

प्रकाशित मिति : २९ श्रावण २०७५, मंगलवार ०८:२४