२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

चिनियाँ विदेशमन्त्री यीले ओलीलाई भेटेर मात्र प्रचण्डसँग भेटवार्ता गर्ने

१३ चैत, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्दैछन् । ओलीले बिहान ११ः१० बजे विदेशमन्त्री यीसँग होटल मेरियटमा भेटवार्ता गर्ने भएका हुन् । ओलीले नेपाल–चीन द्विपक्षीय हितबारे छलफल गर्ने भएका हुन् ।

यसपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमन्त्री यीसँग भेटवार्ता गर्ने भएका छन् । भेटवार्ता बिहान ११ः४५ बजे हुँदैछ । उनले पनि नेपाल–चीन द्विपक्षीय हितसँगै बीआरआईबारे छलफल गर्नेछन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग विदेशमन्त्री यीकाे ट भइसकेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आईतवार ०९:३४