१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

पूर्व पश्चिम राजमार्गको नवलपुरमा प्रेसर कुकर बम, घटनास्थल सेनाको नियन्त्रणमा

२९ साउन, काठमाडौँ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनोहरी हेटौँडा सडक खण्डमा बम भेटिएपछि सवारी आवागामन ठप्प बनेको छ । बस्तिपुर नजिकै नवलपुरको बीच सडकमा बम राखिएको प्रहरीले जनाएको छ ।

पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा प्रकाण्डको रिहाईको माग गर्दै विप्लव माओवादीले गरेको बन्द सफल बनाउन उनीहरुकै कार्यकर्ताले बम राखेको प्रहरीले आशंका गरेको छ । अहिले घटनास्थल नेपाली सेनाले नियन्त्रणमा लिएर बम डिस्पोजको तयारी गरिरहेका छ ।

प्रकाशित मिति : २९ श्रावण २०७५, मंगलवार ०८:०४