२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

प्रधानमन्त्री देउवालाई भेट्न चिनियाँ विदेशमन्त्री बालुवाटार जाँदै

१२ चैत, काठमाडौं ।  चिनियाँ विदेशमन्त्री वाङ यी प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्न बालुवाटार तर्फ गएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल–चीन विदेशमन्त्रीस्तरीय द्विपक्षीय बैठक सम्पन्न भए लगत्तै उनी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार तर्फ गएका हुन् ।

द्विपक्षीय बैठकमा सहभागी हुनुअघि परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्रीले भेटवार्ता गरेका थिए । नेपालको तीन दिने भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री शुक्रबार काठमाडौं आइपुगेका हुन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार १७:५६