२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

द्विपक्षीय बैठकमा सहभागी हुन चिनियाँ विदेशमन्त्री सिंहदरबार पुगे

१२ चैत, काठमाडौं । नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय द्विपक्षीय बैठकमा सहभागी हुन चिनियाँ विदेशमन्त्री वाङ यी सिंहदरबार पुगेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा द्विपक्षीय बैठक केहीबेरमा सुरु हुने जनाइएको छ ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा नारायण खड्काले गर्नेछन् भने चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङले गर्नेछन् । बैठमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल हुने जनाइएको छ । बैठकपछि दुई देशबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ । चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आइपुगेका हुन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार १६:१२