१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

उपचारमा लापरबाही गरेर मान्छे मार्न पाउनुपर्ने चिकित्सक संघको माग !

२८ साउन, काठमाडौँ । चिकित्सक संघले उपचारमा लापरबाही गरेर मान्छे मार्न पाउनुपर्ने भन्दै सरकारलाई चेतावनी दिएको छ । चिकित्सकहरुको लापरवाहीले विरामीको मृत्यु भएको पुष्टि भए ५ वर्ष कैद र हेलचेक्र्याइँबाट बिरामीको मृत्यु भए त्यस्ता डाक्टरलाई ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना गर्न सक्ने कानुन लागू गार्न लागेको बिरोधमा चिकित्सक संघले सरकारालाई चेतावनी दिएको हो ।

मुलुकी अपराध (संहिता) ऐनमा उल्लेखित उक्त व्यवस्था हटाउन माग गर्दै संघले सरकारलाई अल्टिमेटम दिएको छ । संघले ऐन संशोधन नभए भदौ १ देखि एप्रोन र लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउने र विरामी नचाँच्ने चेतावनी दिएको हो ।

भदौ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनमा चिकित्सकहरुको लापरवाहीले विरामीको मृत्यु भएको पुष्टि भए ५ वर्ष कैद र हेलचेक्र्याइँबाट बिरामीको मृत्यु भए त्यस्ता डाक्टरलाई ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाले उपचारका क्रममा कुनै कारणले विरामीको मृत्यु भएमा डाक्टरहरुलाई फौजदारी अभियोग लाग्ने र जेल जाने अवस्था आएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७५, मंगलवार ०७:४५