२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

मधेशकालाई मन्त्री बनायो भने मधेशी नेताहरू भन्न आउँछन्– उनको क्यु बनाया ? : अध्यक्ष ओली

१२ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशका नेताहरूलाई मन्त्री बनायो भने मधेशी नेताहरूले नै किन बनाएको भनेर सोध्ने गरेको बताएका छन् । मुस्लिम ईत्तिहाद संगठनको छैटौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले मधेशी नेताहरूबीचमा एकआपसमा सहमति हुन नसक्दा नेतृत्व अप्ठयारोमा पर्ने गरेको बताएका हुन् ।

‘मधेशी नेतालाई मन्त्री बनायो भने भन्न आउँछन्, उसका क्यु मन्त्री बनाया ?’ ओलीले भने । उनले एकअर्काबीच सहकार्य गर्ने संस्कार बसाउनु पर्ने बताए । ‘निर्वाचन आएपछि हिन्दू–मुस्लिम दंगा चलाउन सक्छन्, झगडा सुरू हुन थाल्छन्, कपिलबस्तुमा भइसकेको छ,’ ओलीले भने, ‘राम्रो र मिलेर बसेको समाजलाई द्धन्दमा फसाउन सक्छन्, सबै सचेत हुनुपर्छ ।’ मुस्लिम समुदायले मानवीय भावना सिकाउन पछि पर्न नहुने भन्दै ओलीले धार्मिक स्राम्पदायिक जोगाउन जोड दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार १४:५३